झापा । झापाको बिर्तामोडस्थित चारपानेमा बसले मोटरसाइकलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।
बिर्तामोड नगरपालिका १ भगवान चोकमा पूर्वबाट पश्चिततर्फ जाँदै गरेको मिक्लुक यातायातको ना ५ ख २८९४ नम्बरको बसले विपरित दिशातर्फबाट आइरहेको मे २ प १२९५ नम्बरको बाइकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा गौरादह ४ का मोटरसाइकल चालक ३० बर्षीय खेमराज घिमिरे र पछाडी सवार उनकी सासु ५० बर्षीय कृष्णमाया दाहाल रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक सामान्य घाइते रहेको र पछाडी सवार गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।
उनीहरुको बिर्तामोडस्थीत बिर्तासिटि हस्पिटलमा उपचार भइरहेको छ ।
Facebook Comments Box