काठमाडौं । अविरल वर्षासँगै गए राति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ ।
मेलम्ची–६ नेपाने बगरको तीन घर बगाएको हो । स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको प्रहरीले जनाएको छ । थप घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ ।
यी घर यसअघिको बाढीले जोखिममा रहेका र सामान तथा मानिस अन्यत्र सरिसकेको प्रहरीले जानएको छ । गत साउन १६ पछिको बाढीले मेलम्चीमा अहिलेसम्म १११ घरटहरा बगाइसकेको छ ।
गत असार १, साउन १६ पछिका निरन्तर बाढीले ५ जनाको अकालमा मृत्यु भएको छ भने ६ जना घाइते र २० जना बेपत्ता छन् ।
Facebook Comments Box