झापा । झापामा जारी निषेधाज्ञा केहीहदसम्म खुकुलो बनाउने तयारीसहित डिसिसिएमसीको बैठक जारी छ ।
भदौ १ गतेदेखि झापामा जारी निषेधाज्ञा केही परिमार्जन हुने र सोको निर्णय आजको डिसिसिएमसीको बैठकले गर्ने जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
झापामा जारी निषेधाज्ञा आज राति १२ बजेबाट सकिदै छ । निषेधाज्ञा थप गर्दै केही खुकुलो बनाउने तयारी प्रशासनको रहेको छ ।
हिजो बिर्तामोडलगायत शहरी क्षेत्रका उद्योगी व्यवसायीसंगको अन्तर्क्रियामा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले सुझाव मागेका थिए । व्यवसायीले पसलका सटर मात्र बन्द गरेर निषेधाज्ञा पालना नहुने बताएका थिए ।
Facebook Comments Box