झापा । आइतबार इलामबाट हराएका दुर्गाप्रसाद तिम्सिना फेला परेको छन् ।
भारतमा ४० वर्ष जेल बसेर नेपाल फर्किएका तिम्सिना सोमबार बिहान फेला परेका हुन् ।
फिक्कल जाने बाटोमा पर्ने तीनघरेमा उनी फेला परेको प्रहरीले जनाएको छ ।
लामो समय जेल बसेका कारण उनको मानसिक सन्तुलन पूर्ण रुपमा ठिक अवस्थामा नरहेको परिवारले बताउदै आएका छन् ।
तिम्सिना इलामको माई नगरपलिका–३ लुम्बाकका निवासी हुन् ।
Facebook Comments Box