बिर्तामोड । झापा बाह्रदशीको भित्री सडकमा सवारी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।
कारको ठक्करबाट स्कुटीमा सवारी युवतीको मृत्यु भएको हो
चालकले मादक पदार्थ सेवन गरेर कार चलाउँदा स्कुटीमा सवार युवतीको मृत्यु भएको प्रहरीले जनाएको छ।
लक्ष्मीपुर-फूलबारी सडक अन्तर्गत बाह्रदशी गाउँपालिका वडा नम्बर ७ मा आइतबार राति पौने नौ बजे कारले स्कुटीलाई ठक्कर दिएको थियो। युवतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रदेश १-०१-०१२ प १९४२ नम्बरको स्कुटीको पछाडी सवार सिरहाको लहान नगरपालिका बस्ने सरस्वती मगरको घटनास्थलमै मृत्यु भएको हो।
स्कुटी चालक बाह्रदशी गाउँपालिका वडा नम्बर ७ बस्ने प्रमिता कार्की गम्भीर घाइते भएकी छन्।
उनको बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ।
Facebook Comments Box