काठमाडौं । संघीय राजधानी काठमाडौंलगायत देश धेरै स्थानमा आज हल्कादेखि भारी बर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।
आज देशभरका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकामा पनि आज सामान्य बदली रही वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम २० दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २६ देखि २८ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।
Facebook Comments Box