![]()
नेपालमा रक्तचन्दन तस्करीको नयाँ शैली अपनाइएको तथ्य बाहिर आएको छ । बहुमूल्य मानिएको प्रतिबन्धित रक्तचन्दनको गोलियालाई पेलेर तेल बनाइ तस्करी गर्ने दुई जना तेलसहित पक्राउ परेपछि यो तथ्य बाहिर आएको हो। यो खबर आजको राजधानीबाट लिएका हौ।
प्रहरीका अनुसार राजनीतिक र प्रशासनिक आडमा मौलाएको रक्तचन्दन तस्करीमा कडाइ गरेपछि तस्करहरुले अब तेल बनाएर रक्तचन्दन तस्करीको धन्दा अघि बढाएका हुन्।
भारतबाट चीनतर्फ तस्करी गर्न लागेको रक्तचन्दनको तेलसहित कीर्तिपुर प्रहरीले खोटाङ खाल्टे–७ का चन्द्रकुमार केसी र काभ्रे जैसीथोकका फणीन्द्र भट्टराईलाई पक्राउ गरेको हो। उनीहरुको साथबाट ९० लिटर रक्तचन्दनको तेल बरामद भएको छ । प्रहरीका अनुसार अभियुक्तले रक्तचन्दनको तेल बनाएर भारतबाट चीनतर्फ तस्करी गर्न लागेका हुन्।
Facebook Comments Box