काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) बिक्री खुला भएको छ ।
आजदेखि बिक्री खुला भएको आइपीओ यही साउन ३१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ ।
कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ दरको ३ करोड ९५ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्काशन गरेको हो ।
कम्पनीले कुल ३ लाख ९३ हजार ७५० कित्तामध्ये ५ हजार ४६९ कित्ता संस्थाको कर्मचारीलाई र १९ हजार ६८८ कित्ता सामूहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
सर्वसाधारणका लागि खुल्ला भएको आइपिओमा आवेदकहरुले छिटोमा साउन ३१ गतेभित्र र ढिलोमा भदौ ९ गतेसम्म दिन पाउने छन् ।
आवेदन न्युनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
Facebook Comments Box