ओखलढुंगा । ओखलढुंगाको सिद्धचरण नगरपालिका ५ चित्रेस्थित बाटोमा सोही स्थानका ४२ बर्षीय पासाङ तेन्जी शेर्पा र सोही स्थान बर्णालुका ६३ बर्षीय आङगुबु शेर्पा बिच झगडा भइ कुटाकुट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको छ ।
गत राति १ बजे भएको झगडामा दुवै जना गम्भीर घाइते भइ सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा पासाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
आङगुबु शेर्पाको सोही अस्पतालमानै उपचार भइरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box