सुनसरी । सुनसरी इनरुवा नगरपालिका ४ पूर्व-पश्चिम राजमार्गमा पर्ने इनरुवा बसपार्कबाट कारमा सवार ५ जनालाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी १४ का २० बर्षीय अमोद कुमार यादव, सप्तरी तिलाठी कोलारी ४ का २० बर्षीय ईनरकुमार मुखिया, सप्तरी रामपुर मलहनिया १४ का २४ बर्षीय बिनोदकुमार कामत, सप्तरी तिलाठी कोलारी ४ का १९ बर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोलारी ४ का २२ बर्षीय फुल कुमार मुखिया रहेका छन् ।
हिजो बेलुका ८ बजे बिशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यलाय सुनसरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट आउदै गरेको बा १४ च ६१४५ नम्बरको कारलाई रोकी कारमा सवार ५ जनालाई चेकजाँच गर्दा अमोद कुमार यादवको साथबाट लागूऔषध ब्राउन सुगर १३० ग्राम फेला परेको हो ।
ब्राउन सुगर फेला परेपश्चात थप अनुसन्धानको लागि कारसहित पाँचै जनालाई नियन्त्रणमा लिइएको हो।