सुनसरी । सुनसरी कोशी गाउँपालिका ५ कुम्याई बस्ने मलसुहुदिन मियाको बन्दै गरेको नयाँ घरको सिडीको पर्खाल लड्दा एक जना मस्त्रीको मृत्यु भएको छ ।
दोस्रो तल्लाको सिडीको पर्खाल लगाउने क्रममा पर्खालसहित लड्दा एक जना मस्त्रीको घटनास्थलमानै मृत्यु भएको हो ।
मृत्यु हुनेमा इनरुवा नगरपालिका १० जल्पापुरका ३७ बर्षीय ईशादिल अंसारी रहेका छन् ।
आज दिउँसो १ बजे भएको सो घटनामा देवानगंज गाउँपालिका ३ का २४ बर्षीय मो. सतार अंसारी समेत घाइते भएका छन् । घाइते अंसारीकाे जिल्ला अस्पताल इनरुवा सुनसरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा इलाका प्रहरी लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box