धुलाबारी । मेचीनगरका दुई छुट्टाछुटै स्थानमा आज बेवारिसे अवस्थामा २ वटा शव फेला परेका छन ।
मेचीनगर १२ जोरसिमल शसस्त्र प्रहरीको चेकपोष्टदेखि झण्डै ४० मिटरको दुरीमा अन्दाजी ३ देखि ४ दिन अगाडि मृत्यु भई कुहिएको अवस्थामा एक ब्यक्तिको शव फेला परेको ईलाका प्रहरी कार्यलय काकरभिट्टाका डिएसपी दुर्गा राज रेग्मीले जानकारी दिए । ति मृत ब्याक्तिको नाम बतन खुल्न नसकेकाले थप अनुसन्धान भईरहेको डिएसपी रेग्मीले बताए ।
उता मेचीनगर १३ टोकला चिया कमानमा पनि एक व्याक्तिको शव फेला परेको छ । मानसिक सन्तुलन ठिक नभएका ति पुरुषले केहि दिन अगाडि पनि आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ । सामान्य घाईते अवस्थामा केही दिन अघि मृतकलाई प्रहरी र स्थानिय मिलेर उदार गरि आम्दा अस्पतालमा सामान्य उपचार गराएको पनि प्रहरीले जनाएको छ । मृत्यु हुनुभन्दा अगाडि प्रहरीले उदार गरि उपचार गर्दादेखि मानसिक सन्तुलन बिग्रिएकाले ति ब्याक्तिको नाम वतन खुल्न नसकेको काकरभिट्टाका डिएसपी दुर्गा राज रेग्मीले जानकारी दिएका छन।