बिर्तामोड । लागू पदार्थ ब्राउनसुगर गुप्ताङ्गमा लुकाएका दुई जना महिलालाई झापाको गौरीगञ्जबाट पक्राउ गरिएको छ।
दमक न.पा.१ बस्ने वर्ष ३४ की मञ्जु धिमाल र सोही स्थान बस्ने वर्ष २५ की बिमला धिमाललाई प्रहरीले पक्राउ गरेको हो।
शनिवार राति ९ बजे गौरीगञ्ज ४ सीमा प्रहरी चौकी खजुरगाछी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा हिँडिरहेका ती महिलालाई नियन्त्रणमा लिएको थियो।
इलाका प्रहरी कार्यालय गौरीगञ्जमा उनीहरूलाई खानतलासी गर्दा लागू पदार्थ ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।
उनीहरूले गुप्ताङ्गमा ४४.३०० ग्राम (प्लाष्टिक बाहेक) ब्राउनसुगर लुकाएको प्रहरीले जनाएको छ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box