बिर्तामोड । झापामा टन्टलापुर घाम लागेका बेला ढलेका दुई जनाको मृत्यु भएको छ।
विगत केही दिनदेखि झापामा अत्याधिक गर्मी छ।
शुक्रबार बेहोस भएर ढलेको अवस्थामा दुई जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ।
बिर्तामोड नगरपालिका वडा नः ३ स्थित अनारमनी स्वास्थ्य चौकी अगाडि ३० वर्षिया कुमारी श्रेष्ठ मृत फेला परेकी हुन्।
बिर्तामोड –१० सैनिकबजार घर भएकी उनी केही दिनदेखि घरपरिवारको सम्पर्कमा नरहेको उनका श्रीमान् मिलन श्रेष्ठले बताए।
अर्जुनधारा ५ बस्ने ६० वर्षिय शुक्र दनुवारको खोला किनारमा मृत्यु भएको बिर्तामोडका डिएसपी सन्तोष आचार्यले जानकारी दिए।
बिरीङ खोलामा माछा मारेर खोलाको डिलमा बसेका उनी त्यहीँ ढलेका थिए।
Facebook Comments Box