काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको मृगौला प्रत्यारोपण सफल भएको छ।
केहि समयदेखि भारतको एपोलो अस्पतालमा उपचाररत खनालको आज सर्जन डा. सञ्जिब गुलेरिया नेतृत्वको चिकित्सको टोलीले सफल प्रत्यारोपण गरेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
खनालका अनुसार अब केही समय खनाल अस्पतालमै आराम गर्नेछन् र चिकित्सकको सुझावका आधारमा नेपाल फर्कनेछन् ।
Facebook Comments Box