काठमाडौं । १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ ।
स्वास्थ्य कार्यालय मनाङका अनुसार चार हजार १९८ जना नागरिकले कोरोना खोप लगाएका छन् । जसमध्ये चार हजार ३३ जनाले पूर्ण खोप लगाएका छन् ।
कोभिशिल्डको दोस्रो खोप लगाउन १६५ जना मात्रै बाँकी रहेको जनाइएको छ ।
मनाङमा कोभिशिल्डको पूर्ण खोप लगाउने नागरिक दुई हजार ९६, जोनसन एण्ड जोनसनको पूर्ण खोप लगाउने नागरिक दुई हजार २७ र भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना रहेका छन् ।
स्वास्थ्य कार्यालयले मनाङमा खोप लगाउने योग्य नागरिक ४ हजार ५०० रहेको प्रक्षेपण गरिएको थियो ।
अन्य नागरिकहरु विभिन्न कामको सिलसिलामा देश–विदेशमा रहेका कारण खोप लगाउने नागरिकको संख्या ४ हजार १९८ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
मनाङमा गत माघ १४ गतेदेखि खोप लगाउने अभियान शुरु भएको थियो ।
Facebook Comments Box