बिर्तामोड । झापा बिर्तामोडबाट लागु पदार्थ ब्राउनसुगरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
बिर्तामोड नगरपालिका ३ भद्रपुर सडक खण्डको आँखा अस्पताल अगाडीबाट लागूऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा झापा हल्दिबारी गाउँपालिका १ बस्ने २० बर्षीय सुवास न्यौपाने र बिर्तामोड नगरपालिका १० इलामेली टोल का २४ बर्षीय समिर राई रहेका छन् ।
दिउँसो १ बजे लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले मे ८ प ७३९२ नम्बरको मोटरसाइकल चढी आएका न्यौपानेको साथबाट लागूऔषध ब्राउन सुगर १२ ग्राम बरामद भएसँगै आवश्यक अनुसन्धानको लागि मोटरसाइकल पछाडी सवार राई समेतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box