काठमाडौं । सरकारले सम्भाव्यता अध्ययन गरिएका खानी क्षेत्रका ढुंगामाटो लगायत कुनै पनि वस्तु परिक्षण तथा कच्चा पदार्थको रुपमा विदेश लैजान प्रतिबन्ध लगाएको छ ।

खानी क्षेत्रमा स्वदेशी र विदेशी कम्पनीको मनोमानी बढेपछि सरकारले आनुमतिवेगर कुनै पनि वस्तु निकासीमा रोक लगाएको हो ।
नेपालमा सक्रिय अन्तर्राष्ट्रिय संघसंस्थाहरुले मुलुकभित्रैका निजी क्षेत्रलाई प्रयोग गरी खानी क्षेत्रबाट बहुमूल्य बस्तु बाहिल लगिरहेको सूचनाका आधारमा सरकारले यसको संरक्षणमा सतर्कता देखाएको आजको कारोबार दैनिकमा समाचार छ ।
माथिल्लो मुस्ताङको लोमान्थाङमा युरेनियम सुरक्षालाई लक्षित गरी गत साउन ७ गते बसेको मन्त्रिपरिषद बैठकले सुरक्षा क्याम्प राख्न नेपाली सेनालाई अनुमति दिइसकेको छ ।
Facebook Comments Box