बिर्तामोड । झापाको दमकको ताराबारी चिया बगान नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सुरुंगाका एक दम्पतीको मृत्यु भएको छ।
गएराति १०.१२ बजे झापाको दमक ४ स्थित लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मोटरसाइकललाई विपरित दिशाबाट जाँदै गरेको ट्रकले ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक कनकाई नगरपालिका वडा नं ३ बस्ने ४३ वर्षिय पूर्णबहादुर विष्ट र पछाडि सवार उनकी श्रीमती ३६ वर्षिया भीमा विष्टको मृत्यु भएको हो।
उनीहरु सुरुङ्गाको हेवन होटलका संचालक हुन्। घाइतेहरुलाई उपचारका लागि लाइफलाइन अस्पताल लादै गर्दा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनापछि ठक्कर दिने ट्रक र ट्रक चालक विराटनगर ४ बस्ने ४८ वर्षिय सुजन थापालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।
Facebook Comments Box