झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा जारी निषेधाज्ञा १९ गते मध्यराति १२ बजेसम्मलाई थपिएको छ ।
संक्रमण दर बढ्दो अवस्थामा रहेकाले एक साताका लागि निषेधाज्ञा थप गरिएको गाउँपालिका अध्यक्ष रमेश कुमार भुजेलले बताएका छन् ।
निषेत्राज्ञा अवधिभर अतिआवश्यक बाहेकका सबै सेवा बन्द रहने जनाइएको छ ।
औषधी र स्वास्थ्य सामग्री, इन्धन बाहेकका सबै पसल व्यवसाय बन्द गर्ने निर्णय भएको छ । बैंक तथा वित्तीय संस्था समेत सबै बन्द रहनेछन् ।
Facebook Comments Box
