झापा । ग्लोबल आइएमई बैंक बिर्तामोड शाखाका अधिकांश कर्मचारीलाई कोरोना संक्रमण भएपछि बन्द भएको छ ।
बैंकले सूचना जारी गरी असहज परिस्थितिका कारण सेवा बन्द गर्नु परेको जनाएको छ ।
बैंकमा कर्मचारी, सुरक्षा गार्ड र ड्राइभर गरी २३ जना स्टाफ छन् । त्यसमध्ये १८ जनालाई कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको हो ।
विगत चार दिनदेखि सेवा प्रवाह गर्न नसकिरहेको बैंकले जनाएको छ ।
अहिलेको असहज परिस्थतिलाई बुझिदिन समेत बैंकले आग्रह गरेको छ ।
Facebook Comments Box