इलाम । इलाम नगरक्षेत्रसँगै जिल्लाभर नै कोरोना संक्रमण बढ्दै गएपछि नियन्त्रणका लागि भोलिदेखि इलाम नगरपालिका सिल गर्न जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको छ ।
इलाम नगरपालिका नगरकार्यपालिकाको आइतबारको बैंठकले नगर सिल गर्नका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको हो ।
नगरमा दैनिक संक्रमण बढ्दै गएको तथा मृत्यु हुनेको संख्या पनि बढ्दै गएकाले नगरपालिकालाई एक हप्ताका लागि सिल गर्न बैंठकले सिफारिस गर्ने निर्णय गरेको छ ।
अत्यावश्यक सेवाबाहेकका सबै सेवाहरु बन्द गर्ने गरी सिफारिस गरिएको र वडा कार्यालयहरु समेत बन्द रहने बताइएको छ ।
इलाम नगरपालिकामा दोस्रो लहरपछि ९ सय १६ जना संक्रमित भइसकेका छन् भने १६ जनाको मृत्यु भएको छ ।
Facebook Comments Box