झापा । निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएपछि बिर्तामोडमा कडाइका साथ निषेधाज्ञा लागू गरिने तयारी थालिएको छ ।
आज दिउँसो नगरपालिकामा सर्वपक्षीय बैठक आह्वान गरिएको छ । बैठकले निषेधाज्ञामा कडाई गर्न छलफल गर्नेछ ।
जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञालाई कसैले पनि नटेरेकाले बैठक बोलाएको नगरपालिकाले जनाएको छ ।
एक हप्तासम्म लकडाउन गर्न आबश्यक देखिएको नगरपालिकाको भनाई छ ।
Facebook Comments Box