झापा । झापाको अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजार एक साताका लागि बन्द गरिएको छ ।
अर्जुनधारा वडा नम्बर ८ को कार्यालयले कोरोना संक्रमण तीब्र रुपमा फैलिएको भन्दै साउन ८ गते राती १२ बजेदेखि १५ गतेसम्मका लागि बन्द गरिएको जनाएको छ ।
वडा कार्यालयले सूचना जारी गर्दै शनिश्चरे बजार र आसपासका क्षेत्र पूर्ण रुपमा बन्द गरिने जनाएको छ ।
बजार व्यवस्थापन समिति, उद्योग वाणिज्य संघ, टोल विकास समिति समेतको छलफल पछि नागरिकको जीवन रक्षाका लागि बजार क्षेत्र बन्द गर्ने निर्णय गरिएको हो ।

Facebook Comments Box