चितवन । चितवनको भरतपुर महानगरपालिका–१७, बनगाई डेरी चोकमा भेटिएको शव धादिङका व्यक्तिको भएको खुलेको छ ।
बागमती प्रदेश प्रहरीका अनुसार मृतक धादिङको निलकण्ठ नगरपालिका–१३ निवासी ३६ वर्षीय भरत गुरुङ हुन् । उनी नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी टोखामा कार्यरत सेनाको हुद्दा रहेको खुल्न आएको छ ।
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १७ स्थित बनगाई डेरी चोक नजिकै शंकास्पद अवस्थामा उनको युवकको शव फेला परेको थियो ।
Facebook Comments Box