काठमाडौँ । गृह मन्त्रालयले लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालय नक्साल र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा आवश्यक सहजीकरण गर्न गृहले निर्देशन दिएको हो ।
‘त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोगलगायत निकायबाट परीक्षा कार्यक्रम सार्वजनिक भएकोले देशका विभिन्न भागबाट परीक्षार्थीहरूको आवागमनसमेतलाई ध्यानमा राखेर जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर मध्यम र लामो दुरीका सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण गर्न आदेशअनुसार अनुरोध छ’ गृहको परिपत्रमा भनिएको छ।

Facebook Comments Box