शान्तिनगर । झापाको शान्तिनगर ९ स्थित ठुटेबर परिसरमा लाग्दै आएको एतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय रुपले प्रसिद्ध ठुटेबर मेला कात्तिक २९ गते सोमबार लाग्ने भएको छ ।
प्रत्येक वर्षको कात्तिक पूर्णिमा र वैशाख पूर्णिमाको दिन लाग्दै आएको मेला १० वर्षे माओवादी द्धन्दकालसंगै बन्द भएको थियो । गत २ वर्ष अघिदेखि यो स्थानको पहिचान र विकासका लागि युवाले पुन मेला शुरु गरेका थिए ।
स्थानीय युवाको सक्रियतामा गत सालहरुमा लाग्दै आएको मेला, यो वर्ष ठुटेबर संरक्षण तथा विकास समितिले लगाउने भएको छ ।
मेलाको तयारी तिब्ररुपमा भइरहको ठुटेबर संरक्षण तथा विकास समितिका सचिव सोमनाथ पौडेलले बताए । स्थानीय स्तरमा उपलब्ध कृषि सामाग्रीको प्रोत्साहन तथा यहाँको साँस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न मेला सहयोगी बन्ने अपेक्षा छ ।
Facebook Comments Box