धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लेखा अधिकृत कमल रायमाझी निलम्बनमा परेका छन् ।
प्रतिष्ठानका डा विप्लव कार्कीमाथि मादक पदार्थ सेवन गरी दुर्व्यहार गरेपछि उनी उनी निलम्बनमा परेका हुन् ।
आइतबार राति लेखा अधिकृत रायमाझिले मादक पदार्थ सेवन गरी डा. कार्कीको निवासमा गएर तत्काल रुम खाली गर्न धम्की दिँदै दुर्व्यवहार गरेका थिए ।
सोमबार कार्कीले इलाका प्रहरी कार्यालय धरानमा आफूमाथि अन्याय परेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा अभद्र व्यवहारमा जाहेरी दर्ता गराएपछि रायमाझिलाई निलम्बन गरिएको बीपी प्रतिष्ठानले जनाएको छ ।
रायमाझी प्रतिष्ठानको आर्थिक प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत थिए ।
डा.कार्कीलाई दुर्व्यहार गरेर फरार भएका उनलाई प्रहरीले पक्राउ नगरेको भन्दै काम छाडेर आन्दोलनमा उत्रिएका प्रतिष्ठानका ३ सय ५० जना चिकित्सक मंगलबार पनि काममा फर्किएका छैनन् ।
रायमाझीलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको गरीएको छ ।