झापा । आज पहिलो साउने सोमबार । पूर्वको पशुपतिनाथको रुपमा परिचित झापाको अर्जुनधारा धाममा भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कोरोनाभाइरसको महामारीबीच पनि भक्तजनहरुको भीड उल्लेख्य रहेको छ ।
कोरोना महामारीका कारण मूल धाम भने बन्द गरिएको धाम प्रशासनले जनाएको छ । यद्यपि भक्तजनहरु मूल धाम अगाडि रहेको शिवको मुर्तिमा जल चडाएर फर्किएका छन् ।
सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरु भएको महिना साउन भगवान् शिवको प्रिय महिना मानिन्छ ।
भगवान् शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ । यसो गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
Facebook Comments Box




