झापा । झापाका दुई छुट्टाछुट्टै स्थानबाट अन्दाजी ७ लाख ७५ हजार रुपैयाँ बराबरको अवैध समान बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–४ आमडागीबाट शनिबार राती साँढे ९ बजे अन्दाजी २ लाख ७५ हजार रुपैयाँ बराबरको जुस, लत्ता कपडा र सुर्तिजन्य पर्दाथ बराबद गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार राती पौने ११ बजे मेचीनगर नगरपालिका–६ बाट भारतबाट नेपालतर्फ अवैध रुपमा भित्र्याउदै गरेको अन्दाजी ५ लाख रुपैयाँ बराबरको कपडा बरामद गरेको छ ।
अवैध रुपमा बरामद भएको समानहरु आवश्यक कारबाहीको लागी भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box