काठमाडौं । पोखराका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
जिसीलाई मनिपाल हस्पिटलबाट हेलिकप्टर मार्फत काठमाण्डौ ल्याइएको हो ।
बिहान ४ बजे अप्ठेरो महसुस गरेका जिसीलाई तुरुन्तै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । त्यहाँ चिकित्सकले जिसीलाई मस्तिष्कघात पुष्टि गरेका थिए ।
उनका प्रेस संयोजक माधव बरालका अनुसार उच्च रक्तचापका कारण जिसीको मुटुको दाहिनेतिरको नसामा सानो अवरोध देखिएको छ ।
काठमाडौं बाँसबारीस्थित स्नायु(न्युरो) अस्पतालमा जिसीको उपचार गरिने भएको छ ।
Facebook Comments Box