बिर्तामोड । झापा मेचीनगर-३ सिर्जना बस्ती बस्ने ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु भएको छ ।
बिहीबार दिउँसो साढे २ बजे सोही स्थानस्थित गंगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनी आफैंलाई करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनले हाइटेन्सन लाइनमा तार जोडी पानीमा करेन्ट लगेका थिए ।
Facebook Comments Box