काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै जारी गरिएको निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ ।
बैठक अपराह्न चार बजे बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
आजको बैठकमा लामो दुरीका सार्वजनिक यातायातका साधन सन्चालनका सम्बन्धमा छलफल गर्ने र आवश्यक निर्णय लिनसक्ने बताइएको छ।
साउन १ गतेबाट लामो दूरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने तयारी भइरहेको छ। तर सञ्चालनको मापदण्ड के बनाउने भन्ने टुंगो लागिसकेको छैन।
यसबाहेक जारी निषेधाज्ञा हटाउने वा जारी राख्ने भन्ने सम्बन्धमा पनि छलफल हुने बताइएको छ।
काठमाडौं उपत्यकामा वैशाख १६ गतेबाट चरणबद्द रुपमा जारी निषेधाज्ञा आज राती १२ बजे सकिँदैछ।
Facebook Comments Box