बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका क्षेत्रमा आपराधिक घटना बढेको भन्दै प्रहरीको सुरक्षाप्रति मेयर ध्रुवकुमार शिवाकोटीले तीब्र असन्तुष्टि जनाएका छन्।
केही महिना अघि होटल व्यवसायी तिलक निरौलाको पनि हत्या भएको तर सत्यतथ्य बाहिर नआएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।
हिजो बिहान पनि २५ बर्षिया सृजना बस्नेतको शव अर्धनग्न अवस्थामा उनी बसेकै घरको मुनी जमिनमा फेला परेको थियो।
मेयर शिवाकोटीले विज्ञप्तिमा भनेका छन्, ‘बिर्तामोडमा सुरक्षा चुनौति थपिएको छ।’
हेर्नुस् विज्ञप्तिः

Facebook Comments Box