झापा । प्रतिबन्धित ब्राउन सुगरसहित इलामका एक युवक बिर्तामोडबाट पक्राउ परेका छन् ।
अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्कमा अस्थायी प्रहरी विट बसपार्कबाट खटिएको प्रहरी टोलीले इलाम नगरपालिका ८ तिलकेनी बस्ने ३० वर्षीय दावा तामाङलाई पक्राउ गरेको हो ।
चेकजाँच गर्ने क्रममा उनको साथबाट प्रहरीले १३ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो ।
उनलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box