जनकपुरधाम । एक महिनादेखि बेपत्ता भएकी महोत्तरीकी २६ वर्षीया सुजिता ठाकुरको शव गाडिएको अवस्थामा फेला परेको छ ।
लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी ठाकुर जेठ २० गतेदेखि बेपत्ता थिइन् ।
उनको शव घर नजिकैको पेट्रोल पम्प छेउमा दुवै हात बाँधेर खाल्डो खनी गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सुजिताको हत्या आशंकामा प्रहरीले यसअघि १३ असारमा उनका पति मुकेश र देवर रुपेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।
Facebook Comments Box