ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ का १३ बर्षीय सबिन शेर्पाको करेन्ट लागेर मृत्यु भएको छ ।
शनिवार बिहान घर नजिकै खेतमा ढलिरहेको बिजुलीको तारमा छुँदा करेन्ट लागेर बालकको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा खटिएका प्रहरीटोलीले थप अनुसन्धान कार्य भइरहेको जनाएका छन् ।
Facebook Comments Box