सुनसरी । सुनसरीको इटहरी उप–महानगरपालिका–६ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ परेका छन् ।
होटलमा लागुऔषधको कारोवार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा शनिबार राती पौने १२ बजे ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले ५६ ग्राम २०० मिलिग्राम लागुऔषध ब्राउनसुगर, तौल नाप्ने डिजिटल उपकरण १ थान, विभिन्न कम्पनीको मोबाईल ३ थान, मोटरसाईकल १ थान र नगद २००० रुपैयाँ समेत बरामद गरेको छ ।
पक्राउ पर्नेहरुमा बारा जिल्ला निजगढ नगरपालिका–१२ घर भई इटहरी उप–महानगरपालिका–५ बस्दै आएका २७ बर्षीय दिपक भन्ने बिरेन्द्र राई, इटहरी–५ का १६ बर्षीय १ बालक र इटहरी–४ का १८ बर्षीय जोन चौलागाई रहेका छन् ।
पक्राउ परेका उनीहरुलाई सोधपुछ गर्ने क्रममा इटहरी ४ का २३ बर्षीय विवेक खड्काको समेत संग्लग्नता रहेको खुल्न आए संगै खड्कालाई समेत २९ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर र १ थान मोवायल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।