बिर्तामोड । ट्रकसंग मोटरसाइकल ठोक्किँदा मेची बहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक ताराकान्त झाको मृत्यु भएको छ।
उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको मे २ प २५३२ न. को मोटरसाइकल अनियन्त्रित भइ सोही दिशामा रोकिराखेको ना ३ ख ८५४२ नम्बरको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक सोही ठाउँका ५० बर्षिय ताराकान्त झाको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाईते भएका उनको उपचारका क्रममा आज बिहान पौने ३ बजे विराटनगरमा मृत्यु ट्राफिक प्रहरीले जनाएको छ।
Facebook Comments Box