बिर्तामोड । झापाका व्यवसायी पशुराम अग्रवालको निधन भएको छ।
उनको ६२ बर्षको उमेरमा निधन भएको हो। भारतको सिलिगुडीस्थित एक नर्सिङ होममा उनको उपचारको क्रममा मृत्यु भएको हो।
बुधवार राति ९ बजे उनको निधन भएको पारीवारिक स्रोतले जनाएको छ।
जेठ ३१ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। केही दिन होम आइसोलेसनमा बसेर उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि असार ४ गते सिलिगुडी लगिएको थियो।
महाराजा नर्सिङ होममा उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गइरहेको थियो। फेरि तीन दिनअघि पुनः उनको स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएको थियो।
भेन्टिलेटर राखेको केही घण्टामै उनको मृत्यु भएको आधिकारिक जानकारी चिकित्सकले परिवारजनलाई गराएका थिए।
Facebook Comments Box