बिर्तामोड । प्रहरी चौकी पथरियाले हरिणको छालासहित मंगलबार दुई जनालाई पक्राउ गरेको छ।
झापाको कचनकवल गाउँपालिका-३ का लुखिराम हस्दा र सुमन टुडु पक्राउ परेका हुन् ।
हरिणको छालासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा प्रहरीका प्रवक्ता डिएसपी राकेश थापाले दुई जनालाई पक्राउ गरी डिभिजन वन कार्यालय झापामा बुझाउने तयारी भइरहेको बताए।
नजिकैको सामुदायिक वनमा हरिण मारेर खाएको सूचनाका आधारमा उनीहरु पक्राउ परेका हुन् ।
Facebook Comments Box