धादिङ । धादिङमा पहिरोमा ट्रक पुरिँदा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।
पृथ्वी राजमार्गको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा खसेको पहिरोले चारवटा गाडीमा क्षति पुगेको छ ।
पहिरोले क्षति पुर्याएका चारमध्ये ना ८ ख ४५४० ट्रक र ना ७ ख ३२० नम्बरको कन्टेनर रहेको प्रहरीले जनाएको छ ।
दुई वटाको नम्बर खुलेको छैन । ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका चितवनको राप्ती नगरपालिका ६ का १८ वर्षका वीरबल चेपाङ र ना ७ ख ३२० नम्बरको कन्टेनरमा रहेकी भारत घर भएकी ४३ वर्षकी सोनी देवीको ज्यान गएको प्रहरीले जनाएको छ ।
सोनी देवीको उपचारका क्रममा पोखराको गण्डकी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरीले बताएको छ ।
तीन जना घाइतेको गण्डकी अस्पतालमा उपचार भइरहेको छ । पहिरोपछि राजमार्गमा बन्द भएको छ ।
Facebook Comments Box