बिर्तामोड । लगातारको बर्षापछि झापाका अधिकांश स्थान जलमग्न भएका छन्।
अविरल बर्षासंगै खोलाहरूमा आएको बाढीका कारण झापाका दक्षिणी गाउँ जलमग्न भएका छन्।
खोलाहरूमा पानीको बहाव बढिरहेकाले झापाका दक्षिणी भेगका प्रायः गाउँ जलमग्न भएको नेपाल रेडक्रस सोसाइटी झापाका शाखाका सभापति लोकराज ढकालले जानकारी दिए।
झापाको झापा गाउँपालिका वार्ड नं ५ खयरबारीमा बिरिङ नदीले बाँध फुटाउन थालेको उनले जानकारी दिए। उक्त नदी आसपासका २० घर डुबानको उच्च जोखिममा रहेको उनले बताए।
गौरीगञ्ज गाउँपालिका आमडाँगीका १५ घर डुबानको जोखिममा रहेका छन्।
त्यस्तै कमल गाउँपालिका वार्ड नं ७ झर्काबाट रतुवा नदी गौरादह नगरपालिका वार्ड नं ५ बालुबथानतिर पस्न लागेको ढकालले जानकारी दिए।
शिवसताक्षी नगरपालिकाको वडा नम्बर ५ मा कन्काई नदीको बाढीले जनताको तटबन्धले निर्माण गरेको बाँध कटान शुरु गरेको छ।
Facebook Comments Box