बिर्तामोड । झापाको भद्रपुर नगरपालिका ९ पोकापाडा बस्ने ६५ बर्षीय धनसिंह राजवंशीको माछा पोखरीमा डुबेर मृत्यु भएको छ।
शुक्रवार दिउँसोदेखि हराइरहेका राजवंशी शनिबार विहान सोही स्थानकै माछा पोखरीमा मृत अवस्थामा फेला परेका हुन्।
उनको शव प्रदेश नम्बर १ को विपद व्यवस्थापन कार्यालय चन्द्रगढी र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले पोखरीबाट निकालेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
Facebook Comments Box