काठमाडौं । बाढी पहिरोले देशभरका विभिन्न १८ वटा सडक अवरुद्ध भएका छन् ।
सडक विभागले दिएको जानकारी अनुसार सिद्धार्थ राजमार्ग, साँफेबगर मार्तडी कोल्टी, डुम्रे–बेशीशहर, राप्ती राजमार्ग, कर्णाली, खोड्पे–चैनपुर, मध्यपहाडी राजमार्ग, र अरनिको राजमार्ग अवरुद्ध छन् ।
यस्तै मदन भण्डारी राजमार्ग, स्याप्रुवेशी रसुवागढी र महेन्द्र राजमार्ग लगायतका मार्ग अवरुद्ध भएका छन् ।
पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भईरहेको सडक विभागले जनाएको छ ।
विभागका अनुसार कुल ९४ राष्ट्रिय राजमार्गमध्ये ५२ वटा एकतर्फी रुपमा संचालमा आएका छन् भने २७ वटा सडक दुई तर्फी रुपमा नै चलिरहेका छन् ।
Facebook Comments Box