झापा । बिर्तामोड नगरपालिकाले कृषकहरुको लागि व्याडको वोयर जातका बोका,कृषि औजार तथा कृषि सामाग्री वितरण गरेको छ ।
नगरपालिकाको कार्यालयमा बिहिबार आयोजित एक कार्यक्रमकाबिच नगरका १० वटा वडाका कृषक तथा विभिन्न कृषक समुहहरुलाई बोयर जातका बोका,कृषि औजार तथा साइलेज मेसिन वितरण गरीएको हो ।
नगरपालिकाको पशुपंक्षी तथा मत्स्य विकास शाखा र कृषि विकास शाखाको आर्थिक वर्ष २०७७–७८ को स्वीकृत कार्यक्रम अनुसार श्रीजंघा बाख्रा पालन समुह बिर्तामोड ७, लखिबारी युवा बाख्रापालन कृषक समुह बिर्तामोड ९, बद्रीवाडी बाख्रापालन कृषक समुह बिर्तामोड ९ र नयाँ नमुना बाख्रापालन कृषक समुह बिर्तामोड ८ लाई बोका वितरण गरीएको हो ।
यसैगरी सोही कार्यक्रम अन्तर्गत बिर्तामोड कृषि तथा पशुपालन समुह बिर्तामोड ७ लाई साइलेज मेशीन हारवेस्टर हस्तान्तरण गरीएको छ ।
व्यवसायियक कृषकहरुको लागि पशुआहार व्यवस्थापन गर्ने उदेश्यले १० लाख ५० हजार रुपैयाँ मुल्य बराबरको मेशिन हस्तान्तरण गरीएको हो । जसमा नगरपालिकाको ८० प्रतिशत र बिर्तामोड कृषि तथा पशुपालन समुह समुहको २० प्रतिशत लगानी रहेको छ ।
यस्तै नगरपालिकाले १० वटै वडाका ४४ जना कृषकहरुको लागि च्यापकटर वितरण गरेको छ । बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोसको साझेदारीमा यो मेशिन वितरण गरीएको हो ।
नगरपालिकाले तरकारी उत्पादन गर्ने नगरका १० वटै वडाका ६० जना व्यवसायिक कृषकहरुको लागि स्पेयर ट्याँकी,अर्गानिक विषादी लगायतका विभिन्न सामाग्रीहरु समेत वितरण गरेको छ ।
सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख धुर्वकुमार शिवाकोटीले सहयोगी संस्था सहारा नेपाल प्रति धन्यवाद ज्ञापन गर्नु भयो ।
सहारा नेपाल कृषक तथा विपन्नहरुको लागि सहारा बनेको भन्दै आगामी आर्थीक वर्षमा पनि सहयोग गर्ने प्रतिवद्वता जनाएकोमा सहारा नेपाल प्रति नगरप्रमुख धुर्वकुमार शिवाकोटीले उच्च सम्मान व्यक्त गरे ।