झापा । पाँचथरको फालेलुङ गाउँपालिका–३ माङलेबुङमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
खाद्यान्न बोकेर जाँदै गरेको मे १ त ६५७७ नम्बरको ट्याक्टर सडकबाट झरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी पाँचथर फालेलुङ गाउँपालिका–३ माङलेबुङकका ५४ वर्षीय लक्ष्मी विष्टको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।
सोही स्थानका चालक ४० वर्षीय अक्कल बहादुर लिम्बु, ४६ वर्षीय कर्ण राई र ३० वर्षीय मनकुमार राई घाइते भएका हुन् ।
उनीहरुलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथरमा पठाइएको थियो ।
चालक लिम्बुलाई थप उपचारको लागी बिर्ता सिटी अस्पताल बिर्तामोड ल्याइएको छ भने अन्य दुई जना डिस्चार्ज भई घर फर्किसकेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box