बिर्तामोड । झापामा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।
बुद्धशान्ति २ की २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धशान्ति गाउँपालिका–३ पुलचोक बस्ने राजु थापा भनिने २४ वर्षीय नुर खानलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ।
पीडित महिलाले दिएको किटानी जाहेरीका आधारमा खान पक्राउ परेको प्रहरीले जनाएको छ।
खानले ती महिलालाई मेचीनगर नगरपालिका–११ एउटा होटलको कोठाभित्र लगेर जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ।
असार ८ गते खानले ती महिलालाई ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
Facebook Comments Box