झापा । झापाको दमकबाट लागुऔषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरिएको छ ।
हिजो दिउसो सवा ३ बजे दमक-६ थाना रोडबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ वालुवथान का २६ बर्षीय विवेक लिम्वु र २२ बर्षीय शौरभ राईको साथबाट लागूऔषध ब्राउन सुगर २ ग्राम फेला परेको थियो ।
प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनीहरुले खरिद गरि ल्याएको स्थान खुल्न आएसँगै इलाम चुलाचुली ४ घर भइ हाल दमक ५ मा बस्ने ३१ बर्षीय विक्रम राई र ३७ बर्षीय जेम्स भन्ने खगेन्द्र सावाको कोठाबाट पाँच लाख चौध हजार तीन सय नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
बिक्रम र खगेन्द्रलाई सोधपुछ गर्दा इलामको घरमा लागूऔषध लुकाई राखेको भन्ने खुल्न आएकोले उनीहरुको घरमा गइ खानतलासी गर्दा बिक्रम कोठाबाट लागूऔषध ५ ग्राम र खगेन्द्र सावाको कोठाबाट ब्राउन सुगर २ ग्राम ३०० मिलिग्राम बरामद गरिएको छ ।
पक्राउ परेका चारैजना उपर इलाका प्रहरी कार्यालय दमक झापाबाट थप अनुसन्धान भइरहेको छ ।