उदयपुर । उदयपुरको बेलका नगरपालिका–८ कोठुबाट १ केजी गाँजा सहित एक जना महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा भोजपुर हचुवागढी–४ कि १९ वर्षीया सुजता मग्राती रहेकी छिन् ।
प्रहरीले हिजो अपरान्ह ४ बजे दक्षिण तर्फ जादै गरेको बोलेरो पिकअपमा सवार रहेकी मग्रातीको जेब्रा झोलामा लुकाई ल्याएको अवस्थामा लागुऔषध गाँजा १ केजी बरामद गरेको हो ।
मग्रातीलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला लगी थप अनुसन्धान भईरहेको छ ।
Facebook Comments Box